Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा २ अर्बको नागरिक बचतपत्र बिक्री खुल्ला, ब्याज कति पाइन्छ ?

अर्थ संसार

मंगलबार, ११ जेठ २०७८, ०८ : १८ मा प्रकाशित

राष्ट्र बैंकद्वारा २ अर्बको नागरिक बचतपत्र बिक्री खुल्ला, ब्याज कति पाइन्छ ?

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको नागरिक बचतपत्र विक्री खुला गरेको छ । बैंकले ९ प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँको नागरिक बचतपत्र २०८३ नामक बचतपत्र बिक्री खुल्ला गरेको हो । उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ भने ६/६ महिनामा ब्याजदर प्राप्त हुनेछ । 

नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागले आज जेठ ११ गतेदेखि असार १ गतेसम्मका लागि नागरिक बचतपत्र २०८३ बिक्री खुल्ला  गरेको हो ।

राष्ट्र बैंकले ९ प्रतिशत ब्याजदरमा उक्त रकम बराबरको बचतपत्र बिक्री हो।

उक्त बचतपत्र खरीद गर्न चाहने नेपाली नागरिकले बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालयहरू तथा वेबसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् ।

उक्त बचतपत्रमा सर्वसाधारणले कम्तीमा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्न पाउनेछन् । भने बढीमा कुल रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइन्छ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइन्छ । बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ ।

60ac64816a99c.JPG 60ac648dc8ae2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको