Like us!
Follow us!
Connect us!
Watch us!

संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा, शुक्रबार सुनुवाइ हुने

अर्थ संसार

विहीबार, १३ जेठ २०७८, १४ : ५२ मा प्रकाशित

संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा, शुक्रबार सुनुवाइ हुने

सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो । बिहीबारको प्रधानन्यायाधीशको एकल इजलासमा १९ रिट निवेदनको सुनुवाइ भएको थियो ।

संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । अब प्रतिनिधिसभा विघटनसम्बन्धी परेका सबै रिट संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको