Like us!
Follow us!
Connect us!
Watch us!

ओपो अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान-ईन्डष्ट्रि ईको रेटिंग लेब लिंग स्किमको पहिलो मध्यको पार्टनर

अर्थ संसार

विहीबार, १३ जेठ २०७८, १७ : २८ मा प्रकाशित

ओपो अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान-ईन्डष्ट्रि ईको रेटिंग लेब लिंग स्किमको पहिलो मध्यको पार्टनर

अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो मिशन ‘टेक्नोजी फर म्यानकाइन्ड । काईन्डनेस फर दि वल्र्ड’ अन्तर्गत नयाँ कदम चाल्दै दिगो भविष्यको आशाका साथ अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान-ईन्डष्ट्रि ईको रेटिंग लेबलिंग स्किमको पहिलो मध्यको पार्टनरको सूचीमा सम्मिलित भएको छ ।

सन् २०२१ जुनदेखि यो स्किम यूरोपभर लागु गरिने छ । यसले उपभोक्तालाई वातावरण सुरक्षा तथा दिगोपनका बारेमा सचेतना जगाउँदै सर्वाधिक टिकाउ स्मार्टफोनहरु विच तुलना र पहिचान गर्न सघाउने छ ।

यूरोपका ५ अग्रणी मोबाइल अपरेटर्स डच टेलिकम, अरेन्ज, टेलिफोनिका, टेलिया कम्पनी र भोडाफोनद्वारा संयुक्तरुपमा ईको रेटिंग ईनिसिएटिभ सञ्चालनमा ल्याएका हुन् । यसको मूल उद्देश्य स्मार्टफोन तथा फिचरफोनको उत्पादन, प्रयोग, परिवहन र डिस्पोजलले पार्ने वातावरण माथिको असरका बारेमा सही र सटिक जानकारी उपलब्ध गराउनु हो ।

यस पहलको समर्थनका लागि ओपोले पहिलो मध्यकै एक सहभागी बन्दै समानान्तर मूल्यांकनको तरिका अवलम्बनका लागि सल्लाह सुझावका साथै डाटापनि उपलब्ध गराएको छ ।

प्रक्रिया अन्तर्गत बिस्तृत मूल्यांकन मार्फन हरेक स्मार्टफोन ह्याण्डसेटलाई तिनले आफ्नो जीवनचक्रका दौरान प्रदर्शित गर्ने वातावरणिय परफरमेन्सका आधारमा पूर्णांक १०० मध्यबाट ईको रेटिंग स्कोर प्रदान गरिन्छ । उपकरणलाई दिइने ईको रेटिंग लेबलले टिकाउपन, मर्मत योग्यता, रिसाइकलेबिलिटी, क्लाइमेट ईफिसियन्सी र रिसोर्स ईफिसियन्सी गरी ५ पक्षको प्रतिनीधित्व गर्छ । 

औद्योगिक पार्टनर्ससंगको सहकार्यका साथै ओपो आफैपनि दिगो संसार निर्माणको जिम्मेवारी बोक्दै सबैको सुन्दर भविष्य लागि अग्रगामी भूमिका निर्वाह गरिरहेको छ । कम्पनीले डिजाईनिंग देखि प्याकेजिंग लगायत हर सम्भव प्रक्रियामा सस्टेनेवल उत्पादन प्रक्रिया अपनाउँदै आएको छ ।

सन् २०१९को तुलनामा ओपोले वजनका आधारमा सन् २०२०मा १३गूणा बढी उत्पादन रिसाइकल गरेको छ । उदाहरणका लागि ओपोका प्याकेजिंग ४५ प्रतिशत रिन्यूएबल फाइबर्सको प्रयोग गरिन्छ । त्यसैगरी ओपोले आफ्नो जेनरल वेस्टमा ४२.७% र  ईन्डाइरेक्ट ग्रिनहाउस ग्यास उत्सर्जनमा २०%ले कटौती ल्याएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको