Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तका ग्राहकहरुलाई ब्याजमा १०% छुट

अर्थ संसार

सोमबार, १७ जेठ २०७८, १६ : ४६ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तका ग्राहकहरुलाई ब्याजमा १०% छुट

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहकहरुलाई ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गरेको छ ।

२०७८ बैशाख मसान्तभित्र बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गते देखि ३१ गतेसम्ममा बुझाउने ग्राहकहरुलाई ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गरेको हो । 

संस्थाले सो अवधिभित्र १७९ शाखा कार्यालयहरुका ४ हजार ६७६ ऋणी सदस्यहरुले संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधि भित्र बुझाए उनीहरुलाई ब्याजमा जम्मा १५ लाख १८ हजार २०२.४७ रुपैयाँ छुट प्रदान गरेको हो । ब्याज छुट रकम सम्बन्धीत ऋणीको बचत खातामा जम्मा गरिसकेको संस्थाले जनाएको छ।  

विषम परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले ग्राहकहरुलाई उक्त छुट प्रदान गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको