Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफ इन्स्याेरेन्स :लाभांश क्षमता बलियाे, सेयरधनी रिझाउन कमजोर (कम्पनी विश्लेषण)

अर्थ संसार

विहीबार, २० जेठ २०७८, ०९ : ५० मा प्रकाशित

एशियन लाइफ इन्स्याेरेन्स :लाभांश क्षमता बलियाे, सेयरधनी रिझाउन कमजोर (कम्पनी विश्लेषण)

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीमा ऐन २०४९ अन्तर्गत बीमा समितिबाट २०६४ फागुन १५ गते बीमकको रुपमा इजाजतपत्र प्राप्त गरी २०६४ चैत्र २१ गतेदेखि सञ्चालनमा आएको जीवन बिमा कम्पनी हाे । याे कम्पनी जीवन बीमा व्यवसायमा ६ वर्षपछि बीमा समितिबाट जीवन बीमा गर्ने बीमकको रुपमा काम गर्न इजाजतपत्र प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी हो ।

कम्पनीमा ९३ जना संस्थापक शेयरधनीहरुमध्ये २ संस्थागत संस्थापक शेयरधनीहरु र ९१ जना व्यक्तिगत संस्थापक शेयरधनीहरु रहेका छन् । संस्थागत संस्थापक शेयरधनीहरुमा महालक्ष्मी विकास बैंक लिमिटेड र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड रहेका छन् ।

सांग्रिला विकास बैंकः आम्दानीमा प्रगति ,के फर्काउन सक्ला लगानीकर्ताको गुमेको उत्साह ?

कम्पनीकाे वित्तीय अवस्था

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ३९.३१ प्रतिशतले बढेर १८ करोड २१ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १३ करोड ७ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क पनि ४८.१० प्रतिशतले बढेर ४ अर्ब ५९ करोड ९ लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले ३ अर्ब ९ करोड ९८ लाख ३८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यस अवधिसम्म कम्पनीले २ अर्ब ११ करोड ४२ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

चुक्ता पुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७३ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ८४  पैसा रहेको छ ।








प्राइम लाइफ इन्स्योरेन्स : ब्यवसाय विस्तारमा आक्रामक, नगद लाभांश वितरणमा कन्जुसाई

सेयर बजारमा एशियन लाइफको स्थान

सेयर बजारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको २ कराेड एक लाख ७ हजार ६ सय ८ कित्ता सेयर सूचिकृत छ । हाल नेप्सेमा यस कम्पनीको सेयर मूल्य एक हजार ५ सय २० रूपैयाँ छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम एक हजार ५ सय ३५ रूपैयाँ र न्युनतम ४ सय ९० रूपैयाँमा कारोबार भएको छ ।

 

कम्पनीको पछिल्लो १८० दिनको औषत मूल्य एक हजार एक सय ९६ रूपैयाँ ३० पैसा रहेको छ । १८० दिनमा कम्पनीको झन्डै ७८ लाख १३ हजार कित्ता कारोबार भएको छ। कम्पनीको हालको बजार मुल्य रु १५२० (जेष्ठ १९ ) रहेको छ।  कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयर मूल्य हाल बढेको छ । 



कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक अवधिको विवरणलाई केलाउने हो पनि कम्पनीको प्रति सेयर आम्दानी १२.०८ देखिन्छ। तेस्तै प्रति सेयर नेटवर्थ १४०.८४ देखिन्छ। कम्पनीको पि. ई रेसियो १०९.३१ देखिएको छ। जसको अनुसार कम्पनीमा लगानी गर्नु जोखिम युक्त नै देखिन्छ।   
पिइ रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि उत्तम मानिन्छ । पिइ रेसियो २० सम्मलाइ जोखिम नभएको सेयर मानिन्छ । कुनै पनि कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) निकाल्न कम्पनीको हाल कायम सेयर मूल्यलाई कम्पनीको हाल कायम प्रतिसेयर आम्दानीले भाग गर्ने गरिन्छ ।




यस्तो छ कम्पनीको १५ दिनको कारोबार भोल्यूम, रकम र बन्द मूल्य


बैंक अफ काठमांडौः न्युन सेयर मूल्यको जोखिमरहित कम्पनी

कम्पनीकाे लाभांश इतिहास

कम्पनीकाे लाभांश इतिहास नियाल्दा लाभांश वितरणमा कम्पनी पछाडि परेकाे देखिन्छ । हालसम्म कम्पनीले ५ वटा आर्थिक वर्षमा मात्रै आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गरेकाे छ । जसमध्ये धेरैमा ३० प्रतिशतसम्म र थाेरैमा ४.२१ प्रतिशतसम्म वितरण गरेकाे छ ।

कम्पनीकाे वित्तीय अवस्था हेर्दा लाभांश वितरण गर्ने क्षमता बलियाे रहेकाे जनाउँछ । अब लाभांश घाेषणा गर्दा कम्पनीले एकैचाेटी २ वटा आर्थिक वर्षकाे आकर्षक लाभांश घाेषणा गर्ने सम्भावना रहेकाे छ ।

कम्पनीकाे व्यवस्थापन 

कम्पनीकाे हरेक अवस्थाहरूमा व्यवस्थापन पक्षकाे ठूलाे भुमिका हुने गर्दछ । कम्पनीकाे नाफा/घाटा, राम्राे/नराम्राे यस्ता सबै कुराहरू व्यवस्थापन पक्षसँग जाेडेर हेरिने भएकाले आफूले लगानी गर्ने कम्पनीकाे व्यवस्थापनकाे बारेमा पनि जान्नु जरूरी हुन्छ ।

हाल कम्पनीकाे अध्यक्षमा दिपक कुमार श्रेष्ठ रहेकाे छन् । कम्पनीकाे सञ्चालकमा शुशान्त चाचान, सुरेन्द्र कुमार गोयल, रवि कुमार गुप्ता र सौरभ रुङ्गटा छन् ।

कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतमा दिनेश लाल श्रेष्ठ छन् । श्रेष्ठ यसअघि गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत थिए । उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीए गरेका छन् । २०७७ साल माघ ९ गतेदेखि चार वर्षिय कार्यकालका लागि श्रेष्ठलाई सीईओमा नियुक्त गरिएकाे थियाे ।



मुक्तिनाथ विकास बैंकः मोफसलमा जन्मेर केन्द्रीय तहमा अग्रणी, लाभांशमा समेत सबैलाई उछिन्दै

कम्पनीमा लगानी कति सुरक्षित ?

 समग्रमा एशियन लाइफ इन्स्याेरेन्सलाई हेर्दा औषतमा कम्पनीले सेयरधीहरूलाई राम्राे प्रतिफल नदिएपनि सेयर बजारमा कम्पनीको सेयरमूल्य भने बढी नै देखिन्छ । कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १२३.३४ छ । सामान्यत पिई रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि आकर्षक मानिन्छ । पिई रेसियो २० प्रतिशतसम्मलाई पनि लगानीका लागि खासै जोखिम नभएको ठानिन्छ । तर एशियन लाइफको सेयर मूल्य र प्रति सेयर आम्दानीको गणना गरेर पिई रेसियो निकाल्दा निकै महंगो मूल्य देखिन्छ । यति धेरै पिई रेसियो भएको कम्पनीको सेयरमा गरिएको लगानी जोखिमपूर्ण मान्नु पर्छ ।

कम्पनीकाे वित्तीय अवस्था हेर्दा लाभांश वितरण गर्ने क्षमता बलियाे रहेकाे जनाउँछ । अब लाभांश घाेषणा गर्दा कम्पनीले एकैचाेटी २ वटा आर्थिक वर्षकाे आकर्षक लाभांश घाेषणा गर्ने सम्भावना रहेकाे छ । तर कम्पनीले समयमा लाभांश घोषणा र साधारण सभा नगरेर आफ्ना कम्पनीका लगानीकर्ता /सेयरधनी रिझाउन चाहिं कमजोर साबित भएको छ।  

नोटः हामिले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्त रुपमा लगानीकर्ताहरुको स्वविवेकमा निर्भर रहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको