Like us!
Follow us!
Connect us!
Watch us!

फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा उछाल, सबइन्डेक्स एतिहासिक उचाइमा, ९ गुणासम्म मूल्य बृद्धि

अर्थ संसार

विहीबार, २० जेठ २०७८, १२ : ४९ मा प्रकाशित

फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा उछाल, सबइन्डेक्स एतिहासिक उचाइमा, ९ गुणासम्म मूल्य बृद्धि

कुनै समय ग बर्गका बित्तीय संस्थाहरुको सेयर मूल्य १ सय रुपैयाँदेखि २ सय रुपैयाँ बीचमा हुन्थ्यो । यी कम्पनी कसैको रोजाइमा पर्दैनथे । अहिले समय फेरिएको छ । अहिले लगानीकर्ताको रोजाइमा बाणिज्य बैंकभन्दा विकास बैंक पर्न थालेका छन् ।

यस बीचमा फाइनान्स कम्पनीको सेयर मूल्य अकासिएको छ । नेप्सेको इतिहासमै पहिलो पटक फाइनान्स कम्पनीको सब इन्डेक्सले बाणिज्य बैंकहरुको सब इन्डेक्सलाई उछिनेको छ । बुधबार फाइनान्स कम्पनीहरुको सब इन्डेक्स एकै दिन १३८ अंकले बढेर १८७९.६७ पुगेको छ । यो अहिलेसम्मको उच्च हो । बाणिज्य बैंकहरुको सबइन्डेक्स भने १८५७.२० मै सीमित छ ।

एक बर्षयता सेयरको अंकित मूल्यभन्दा तल रहेका फाइनान्स कम्पनीको सेयर मूल्य अहिले ४ गुणाभन्दा बढीले बृद्धि भएको छ । अंकित मूल्यकै हाराहारीमा कारोबार भएका कम्पनीको मूल्य ९ गुणाभन्दा बढीले उचालिएको छ ।

बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४७ बमोजिम सोही ऐनको दफा ३१ मा ‘क’ ‘ख’ ‘ग’ ‘घ’ बर्गका बैंक तथा बित्तीय संस्था को ब्यबस्था गरिएको छ । सो वर्गीकरण अनुसार ग वर्गमा पर्ने वित्तीय संस्था वित्त कम्पनी अर्थात फाइनान्स कम्पनीहरु हुन् । यस्ता कम्पनीहरुलाई नियामक नेपाल राष्ट्र बैंकले सीमित कारोबार गर्ने गरी काम, कर्तव्य र अधिकारहरु दिएको छ ।

ती कम्पनीको कारोबार सीमित हुने भएकाले नाफा पनि सीमित नै हुन्थ्यो । त्यसैले त्यस्ता कम्पनीमा लगानी गर्न लगानीकर्ताहरु इच्छुक हुँदैनथे । अहिले फाइनान्स कम्पनीको सेयर मूल्य दिनहुँ सर्किट लाग्ने गरी बढेको अबस्था छ ।

यसबीचमा सबैभन्दा बढी मूल्य गोर्खा फाइनान्सकोे बढेको छ । पछिल्लो ५२ हप्ता (एक बर्ष) भित्र कम्पनीको मूल्य न्युनतम १०५ रुपैयाँसम्म झरेको थियो । गोर्खा फाइनान्सको सेयर पछिल्लो समय ९३७ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको छ ।

कुनै समय राम्रो विकास बैंक भनेर चिनिएको गोर्खा विकास बैंक संचालकहरुको अनियमितताले समस्यामा परेपछि राष्ट्र बैंकले घटुवा गरेर फाइनान्स कम्पनीका रुपमा संचालन गर्ने अनुमति दिएको थियो ।

यस्तै अंकित मूल्यभन्दा तल प्रतिकित्ता ७५ रुपैयाँमा कारोबार भएको बेस्ट फाइनान्सको सेयर मूल्य अहिले ३३० रुपैयाँसम्म पुगेको छ । यस्तै प्रतिकित्ता ९६ रुपैयाँमा कारोबार भएको समृद्धि फाइनान्सको मूल्य बढेर अधिकतम ३७६ रुपैयाँसम्म पुगेको छ । हामीले एक बर्षयता कुन फाइनान्स कम्पनीको सेयर मूल्य कति बृद्धि भयो भनेर तथ्यांकमा प्रस्तुत गरेका छौं ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको