Like us!
Follow us!
Connect us!
Watch us!

होमडेलिभरी सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

अर्थ संसार

सोमबार, २४ जेठ २०७८, १८ : ४६ मा प्रकाशित

होमडेलिभरी सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले निषेधाज्ञामा होमडेलिभरी सेवा सञ्चालन गर्न नराेक्न अन्तरिम आदेश दिएकाे छ ।

आज (सोमबार) न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अनलाइन माध्यमबाट खरिद बिक्री भएको सामानको होम डेलिभरी गर्न दिन र ई कमर्स सेवा प्रदान गर्ने काम नरोक्न अन्तरिम आदेश दिएको हो ।

निषेधाज्ञाको समयमा पनि व्यवसाय सञ्चालनको माग गर्दै फूड डेलिभरी तथा इ–कमर्श कम्पनीहरुले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको