Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा बढेको आकर्षणले सरकारप्रति जनताको बिश्वास बढेको महशुस भएको छः अर्थमन्त्री पौडेल

अर्थ संसार

मंगलबार, २५ जेठ २०७८, १२ : ४८ मा प्रकाशित

सेयर बजारमा बढेको आकर्षणले सरकारप्रति जनताको बिश्वास बढेको महशुस भएको छः अर्थमन्त्री पौडेल

नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले अहिले नेपालको पुँजीबजारमा बढिरहेको लगानीकर्ताको आकर्षणले जनातामा सरकारप्रति बिश्वास बढेको बुझ्न सकिने बताएका छन् । आज नेपाल धितोपत्र बोर्डद्धारा आयोजित २९ औँ बार्षिकउत्सब कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । 

पौडेलले नेपालको पुँजीबजारलाई नकारात्मक प्रभावपार्ने कुराहरुलाई नियन्त्रण गर्न महत्वपुर्ण भूमिका र्निवाहगर्न सबोनलाई सुझाव दिएकाछन् । नेपालको धितोपत्र बजारको विकासमा बोर्डको महत्वपुर्ण भुमिका रहने भन्दै उनले अझ प्रभावकारी ढंगले काम गर्न अनुरोध गरेकाछन् । 

सरकाले हालै जारी गरेको बजेटले बस्तु विनिमय बजारको स्थापना गर्नेकुरालाई समेत प्राथमिकतामा राखेकाले त्यसै अनुरुप अघि बढ्न आग्रह गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको