भारतका दोस्रो धनाड्य व्यक्ति ‘इन्फ्रा किङ’ गौतम अदानी ले २९ हजार करोड भारु बराबरको आईपीओ ल्याउने भएका छन्। अदानीले आदानी एयरपोर्टको लागि उक्त रकम बराबरको आईपीओ ल्याउन लागेका हुन् ।
इकोनोमिक टाइम्सले उनले नयाँ प्रोजेक्ट सुरु गर्न चाहिने रकम जुटाउन आईपीओ ल्याउन लागेको बताएको छ ।
३३ वर्ष भन्दा लामो समयदेखि व्यापार गरिरहेका गौतम अदानी प्रथम पुस्ताका उद्यमी हुन् । एउटा साधारण पृष्ठभूमिका व्यक्ति अदानीले कम समयमा ८ अरब डलर बराबरको व्यवसाय भएको आदानी समूहको नेतृत्व गरिरहेका छन् । (एजेन्सी)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस