प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार सात मन्त्री र एक राज्यमन्त्री थपिएका हुन्। याे सँगै अब मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । जसमध्ये, ३ उपप्रधानमन्त्री, ३ राज्यमन्त्री र १८ मन्त्री भएका छन् ।
बिहीबार बनमन्त्रीमा नारदमुनी राना, प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन वानियाँ, गृह मन्त्रीमा खगराज अधिकारी, सञ्चारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र बन राज्यमन्त्रीमा आशा विक थपिएका हुन् ।
                            
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस