लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीले १० प्रतिशत बोनस सेयर जेठ २६ गते जम्मा गरिएको जनाएको छ । कम्पनीको गत फागुन २५ गते सम्पन्न १८औं साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर जेठ २५ गते नेप्सेमा सूचिकृत भइरहेको छ ।
तोकिएको मितिमै सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको हो । कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस