Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो आइएमई जनरल इन्स्योरेन्सको हकप्रद निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

शुक्रबार, २८ जेठ २०७८, १४ : १४ मा प्रकाशित

अघि बढ्यो आइएमई जनरल इन्स्योरेन्सको हकप्रद निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । बीमा समितिले पनि कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिइसकेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख रहेको छ भने कम्पनीको जगेडा कोषमा ३० करोड २६ लाख रहेको छ  । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ६२ करोड रूपैयाँ पुग्नेछ । 

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएपछि मात्र कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ ।

आईएमइ जनरल इन्स्योरेन्सको नाफा ७५.६३ प्रतिशतले बढ्यो,प्रतिसेयर आम्दानीमा पनि उछाल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको