Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सको १५.७८९४% लाभांश साधारण सभाबाट पारित

अर्थ संसार

शुक्रबार, २८ जेठ २०७८, १४ : ५७ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सको १५.७८९४% लाभांश साधारण सभाबाट पारित

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १९ औँ वार्षिक साधारण सभा आज (जेठ २८ गते, शुक्रबार) काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बाेनस र कर प्रयाेजनका लागि ३.७८९४ नगद गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

त्यसैगरी, सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरणहरू प्रस्तुत गरी पारित गरेका थिए ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १७ करोड ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि बढेर ७४ करोड १७ लाख रुपैयाँ पुगेको छ । चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३९ करोड ३२ लाख, बीमा कोषमा ९२ करोड २९ लाख र महाविपत्ती कोषमा ६ करोड ७८ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६८ पैसा, प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ५५.५६ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको