Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा ७० दिनपछिकै कम सङ्क्रमित

अर्थ संसार

शनिबार, २९ जेठ २०७८, १६ : ०४ मा प्रकाशित

भारतमा ७० दिनपछिकै कम सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट ७० दिनपछि एकैदिनमा सबैभन्दा कम सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३३२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले अवस्था सकारात्मक हुदै गएको भन्दै खुशी व्यक्त गरेको छ । नयाँ सङ्क्रमितसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९३ लाख ५९ हजार १५५ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

कुल सङ्क्रमितमध्ये १० लाख ८० हजार ६९० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको अधिकारीहरूले जानकारी दिएका छन् । पछिल्लो एक दिनमा ४० हजार ९८१ जना कोरोनाभाइरसबाट सङ्क्रमण मुक्त भएको मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार दुई जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भई मृत्यु भएकाहरुको कुल सङ्ख्या तीन लाख ६७ हजार ८१ पुगेको छ ।

भारतमा अहिलेसम्म सङ्क्रमण मुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ७९ लाख ११ हजार ३८४ पुगेको अधिकारीहरुले जनाएका छन् । यसरी हेर्दा कुल सङ्क्रमित मध्ये ९५.०७ प्रतिशत सङ्क्रमण मुक्त भएको देखिएको छ । (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको