Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तका सीइओ याक्सोले दिए राजिनामा, निमित्त सीइओमा न्यौपाने नियुक्त

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, १२ : २९ मा प्रकाशित

मिर्मिरे लघुवित्तका सीइओ याक्सोले दिए राजिनामा, निमित्त सीइओमा न्यौपाने नियुक्त

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुमार याक्साेले पदबाट स्वेच्छिक अवकाशकाे लागि राजिनामा दिएका छन् । उनकाे राजिनामा असार १ गतेदेखि लागू हुनेगरी संस्थाकाे सञ्चालक समितिले स्वीकृत गरेकाे छ ।

संस्थाकाे जेठ २९ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले राजेन्द्र प्रसाद न्यौपानेलाई असार १ गतेदेखि लागू हुनेगरी निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको  छ । 

उनले नेपाल राष्ट्र बैंकबाट जारी भएका नीति निर्देशन, अन्य नियमनकारी निकायका निती नियमकाे परिधिभित्र रही दैनिक आर्थिक तथा प्रशासनिक कार्यहरू सञ्चालन गर्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c5abb4439de.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको