Like us!
Follow us!
Connect us!
Watch us!

यी ४ कम्पनीको लिलामी सेयर भर्ने आज अन्तिम मौका

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, ०७ : ०५ मा प्रकाशित

यी ४ कम्पनीको लिलामी सेयर भर्ने आज अन्तिम मौका

एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको ४ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (जेठ ३१ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड,  आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (जेठ ३१ गते, साेमबार) अन्तिम दिन हाे ।

बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ५६ हजार २ सय ७० कित्ता कित्ता संस्थापक समूहकाे सेयर, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ६० हजार ४१८ कित्ता संस्थापक सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४ लाख २७ हजार ५ सय ९५ कित्ता र नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ४१ हजार ८ सय ५६ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेकाे थियाे ।

 महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे न्यूनतम मूल्य ८ सय रूपैयाँ, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको न्यूनतम मूल्य ५७२ रूपैयाँ, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको  न्यूनतम मूल्य ४ सय ७७ रूपैयाँ र नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे न्यूनतम मूल्य ५ सय १७ रूपैयाँ ताेकिएकाे छ । 

लगानीकर्ताले  महुली लघुवित्तकाे हकमा न्युनतम ५ सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  त्यसपश्चात्,अन्य ३ वटा कम्पनीकाे सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, यी सबै कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको