Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफको आईपीओ साधारण सभाबाट पारित

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, १९ : ०७ मा प्रकाशित

आईएमई लाइफको आईपीओ साधारण सभाबाट पारित

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेस्रो वार्षिक साधारण सभा आज (जेठ ३१ गते, सोमबार) कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स मार्फत सम्पन्न भएकाे छ ।

सभाले धिताेपत्र दर्ता गरी सर्वसाधारणलाई प्रारम्भिक सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्तावलाई पारित गरेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्दैछ । आईपीओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न भएकाे सभाले आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र त्यस सम्बन्धीत अनुसूची तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै, सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्य पनि सम्पन्न गरेकाे छ ।

 सभामा बोल्दै सभाका अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पुर्याउन कटिबद्ध रहेको प्रतिवद्धता जाहेर गरेका छन् । 

उक्त सभा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डलाई पालन गरी भिडियो कन्फरेन्स मार्फत  गरिएको थियो । सभामा सञ्चालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागिय प्रमुखहरु प्रत्यक्ष उपस्थित रहेको थिए भने शेयधनीहरुले भिडियो कन्फरेन्स मार्फत उपस्थिति जनाएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको