Like us!
Follow us!
Connect us!
Watch us!

३ दिनमै ९ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा लगानी कति ?

अर्थ संसार

शुक्रबार, ०४ असार २०७८, ११ : ३४ मा प्रकाशित

३ दिनमै ९ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा लगानी कति ?

नेपाल बैंकर्स एसोसिएसनले जेठको अन्तिम ३ दिनकाे वाणिज्य बैंकहरुको  निक्षेप संकलन र कर्जा लगानीकाे तथ्यांक सार्वजनिक गरेकाे छ । ३ दिनमा (जेठ २९ गतेदेखि जेठ ३१ गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले  सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको हाे ।

 जेठ २८ गतेसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा जेठ ३१ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरूले ३९ खर्ब ९१ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका तथ्यांकमा उल्लेख छ । जस अनुसार एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ९ अर्ब रूपैयाँले बढेको हाे । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ । ३ दिनमा बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेकाे हाे । जेठ २८ गतेसम्म वाणिज्य बैंकहरूले ३६ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको