Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डविरुद्ध सर्वोच्च अदालतमा रिट

अर्थ संसार

शुक्रबार, ०४ असार २०७८, १५ : २८ मा प्रकाशित

धितोपत्र बोर्डविरुद्ध सर्वोच्च अदालतमा रिट

नियामक निकाय नेपाल धिताेपत्र बाेर्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाे छ । धिताेपत्र बाेर्डले मंगलबार सार्वजनिक गरेकाे प्रेस विज्ञप्ति बदर गर्ने माग गर्दै शुक्रबार अधिवक्ता रविन बोहजुले बोर्ड बिरुद्द रिट दायर गरेका हुन् ।  उक्त रिटको पेशी आइतबारको लागि तोकिएको छ ।

उक्त रिटमा नेपाल धिताेपत्र बाेर्ड, नेपाल स्टक एक्सचेञ्ज, अर्थमन्त्रालय र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाइएकाे छ । रिट निवेदनमार्फत् लगानीकर्तालाई भयवित हुने कुनै पनि काम नगर्न र नगराउन अन्तरिम आदेश माग गरिएकाे हाे ।

बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । 

विगतको एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्य वृद्धि ३०० प्रतिशत र सो भन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋृणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमता समेतका आधारमा हाल जोखिम युक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरू छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको बोर्डले जनाएको थियाे ।

उक्त सूचीकृत संगठित संस्थाहरूकाे काराेबारमा भित्री काराेबार, सर्कुलर काराेबार, कर्नरिङ लगायतका धिताेपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएकाे बाेर्डले  जानकारी दिएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको