Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्र निष्कासन गर्न यी २ बैंकले पाए बोर्डबाट अनुमति

अर्थ संसार

बुधबार, ०९ असार २०७८, १८ : ३८ मा प्रकाशित

ऋणपत्र निष्कासन गर्न यी २ बैंकले पाए बोर्डबाट अनुमति

मुक्तिनाथ विकास बैंक लिमिटेड र ज्योति विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएका छन् । 

मुक्तिनाथ विकास बैंक लिमिटेडले ७ वर्ष अवधिको लागि १ अर्ब २५ करोड रूपैयाँ बराबरकाे ‘७ वर्ष, ८.५ प्रतिशत मुक्तिनाथ विकास बैंक' नाम गरेकाे १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न सेबाेनबाट अनुमति पाएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ५ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ७ लाख ५० हजार कित्ता बिक्री गर्नेछ । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

त्यसैगरी, ज्योति विकास बैंक लिमिटेडले ९ वर्ष अवधिकाे लागि "९% १० वर्ष, ज्योति विकास बैंक बण्ड, २०८७" नाममा  १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति पाएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख कित्ता बिक्री गर्नेछ । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको