Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको ऋणपत्र रजिष्ट्रार नियुक्त

अर्थ संसार

मंगलबार, १५ असार २०७८, १७ : ५३ मा प्रकाशित

कृषि विकास बैंकको ऋणपत्र रजिष्ट्रार नियुक्त

कृषि विकास बैंक लिमिटेडले ऋणपत्र रजिष्ट्रार नियुक्त गरेकाे छ । बैंककाे ऋणपत्र रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हाे ।  बैंकले "७ वर्षे ६ अर्ब कृषि ऋणपत्र” का लागि एनआईबिएल एस क्यापिटललाई  डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको हाे ।

उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तिय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।  

कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र जारी गरिएको हो ।

अब उप्रान्त बैंककाे ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको