Like us!
Follow us!
Connect us!
Watch us!

प्रलोभनमा पारी ठगी गर्ने बढे, आफ्नो खाताको विवरण कसैलाई पनि नदिन बैंकर्स संघको आग्रह

अर्थ संसार

बुधबार, १६ असार २०७८, १७ : २८ मा प्रकाशित

प्रलोभनमा पारी ठगी गर्ने बढे, आफ्नो खाताको विवरण कसैलाई पनि नदिन बैंकर्स संघको आग्रह

नेपाल बैंकर्स संघले विभिन्न प्रलोभनमा पारी ठगी गर्नेहरू बढेका बताएकाे छ । 

संघले आज एक सूचना प्रकाशन गर्दै अहिले विभिन्न सामाजिक सञ्जाल मार्फत् अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिठ्ठा परेको र रकम पठाउनका लागी खाता/व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नं, मोबाईल नं, पासवर्ड प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको जानकारी दिएकाे छ ।

त्यसैले संघले सजक रही आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गरेको छ ।

यसका साथै, संघले त्यस्ता प्रकारकाे फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न र सजकताका साथ डिजिटल बैंकिङ्ग मार्फत् सुरक्षित कारोबार गर्न सबै ग्राहकलाई आग्रह गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको