Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकबाट आवेदन दिएको ५ मिनेटमै कर्जा पाईने !

अर्थ संसार

विहीबार, १७ असार २०७८, १० : ०८ मा प्रकाशित

एनएमबि बैंकबाट आवेदन दिएको ५ मिनेटमै कर्जा पाईने !

एनएमबि बैंकले आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी २.० योजना सुरु गरेको छ  । यो योजनामा कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ ।

यो ‘नेपालमै पहिलो पटक’ २४ अ‍ै घण्टा र ७ अ‍ै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता रहेको बैंकले उल्लेख गरेको छ। यस सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोग बाट आवेदन दिएको ५ मिनेट भित्र नै कर्जा प्राप्त गर्न सकिने छ । 

बैंकका अनुसार यो व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा हो । एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिना सम्मको लचिलो अवधि सहित २ लाख रुपैयाँ सम्म २४ अ‍ै घण्टा र ७ अ‍ै दिन कर्जा तुरुन्त उपलब्ध गराइने बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको