Like us!
Follow us!
Connect us!
Watch us!

भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न राष्ट्र बैंकको आग्रह

अर्थ संसार

विहीबार, १७ असार २०७८, १२ : २२ मा प्रकाशित

भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले आफ्नो नाममा फेसबुक पेज बनाई भ्रामक जानकारी तथा सूचनाहरू पोष्ट भइरहेकोमा गम्भीर ध्यानकर्षण प्रकट गरेकाे छ । अनधिकृतरुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा बैंकले गम्भीर ध्यानाकर्षण गराएकाे हाे । 

यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानून बमोजिम कारबाही गरिने बैंकले जनाएकाे छ । 

हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र कुनैपनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेज मार्फत नगरिएको पनि बैंकले जानकारी दिएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको