Like us!
Follow us!
Connect us!
Watch us!

साताभरमा ४७ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा लगानी कति ?

अर्थ संसार

मंगलबार, २२ असार २०७८, १७ : ११ मा प्रकाशित

साताभरमा ४७ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा लगानी कति ?

गत एक सातामा (असार १२ गतेदेखि असार १८ गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको हाे ।

असार ११ गतेसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा असार १८ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरूले ४० खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका तथ्यांकमा उल्लेख छ । जस अनुसार एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४७ अर्ब रूपैयाँले बढेको हाे ।

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ । एक सातामा  बैंकहरुको कर्जा लगानी १५ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ६८ अर्ब रुपैयाँ पुगेकाे हाे । अघिल्लाे सातासम्म वाणिज्य बैंकहरूले ३६ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको