नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गते, बुधबारबाट एकीकृत कारोबार थाल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई असार १५ गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै संस्थाको जेठ २५ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार २४ गते स्वीकृती प्रदान गरेकाे छ ।
प्राप्ति पश्चात अब "नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड" को नामबाट एकीकृत कारोबार हुनेछ । संस्थाकाे रजिष्टर्ड कार्यालय धादिङ्ग जिल्ला, निलकण्ठ नगरपालिका वडा नं. ३, पुछारबजारमा रहनेछ ।
एकिकृत कारोबार गर्दा दुबै कम्पनीको तथ्याङ्कलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने भएकोले असार २९ गते मंगलबार महिला सहयात्रा लघुवित्तको सम्पूर्ण कारोबार बन्द रहने सूचनामा उल्लेख गरिएकाे छ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस