लक्ष्मी बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आज(असार २८ गते सोमबार) बाट आवेदन दिन सकिने छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो ।
जसमध्ये बैंकले ८ लाख कित्ता सामूहिक लगानीकोषकोसहित सर्वसाधारणमा बिक्री गर्नेछ, भने १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।
सर्वसाधारणका लागि छुट्याएको मध्येबाट ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो ।
बैंकले १० वर्ष अवधिको ८.५५ लक्ष्मी बैंक डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ८.५५ हुनेछ । ऋणपत्रको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
लगानीकर्ताले उक्त ऋणपत्रमा असार २८ गतेदेखि छिटोमा साउन २ गतेसम्म र ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
बैंकले जारी गर्न लागेको उक्त ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर रेटिङ बीबीबी प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको मानिन्छन् । यस्ता संस्थाहरुमा मध्यम कर्जा जोखिम रहन्छ ।
उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस