Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, ३० असार २०७८, १० : ०० मा प्रकाशित

ज्योति विकास बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन

ज्योति विकास बैंक लिमिटेडले असार २० गते आइतबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने समय आज सकिदैछ छ । यसअघि असार २३ गतेसम्म आवेदन दिन पाइने भनिएकोमा छिटो अवधिमा पर्याप्त आवेदन नपरेको हुनाले आवेदन म्याद लम्बाइएको थियो । 

धितोपत्र बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले एक सूचना प्रकाशित गरी यो ऋणपत्रमा आज असार ३० गते बैंकिङ समयपछि निष्कासन बन्द गरिने जनाएको हो।

बैंकले बैंकले १० वर्ष अवधिको लागि ू९५ ज्योति विकास बैंक बण्ड, २०८७ नाममा १ अर्ब ५० करोड रूपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख कित्ता बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लिमिटेड, ज्योति विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

९ प्रतिशत ब्याज दिने १० वर्षे यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते निष्कासन अनुमति दिएको थियो। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको