Like us!
Follow us!
Connect us!
Watch us!

सुरू भयाे नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राकाे एकिकृत कारोबार

अर्थ संसार

बुधबार, ३० असार २०७८, ११ : ०४ मा प्रकाशित

सुरू भयाे नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राकाे एकिकृत कारोबार

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार ३० गते, बुधबार) बाट एकीकृत कारोबार सुरू गरेका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेकाे थियाे । दुवै संस्थाको जेठ २५ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार २४ गते स्वीकृती प्रदान गरेकाे थियाे ।

प्राप्ति पश्चात अब "नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड​" को नामबाट एकीकृत कारोबार भएकाे छ । संस्थाकाे रजिष्टर्ड कार्यालय धादिङ्ग जिल्ला, निलकण्ठ नगरपालिका वडा नं. ३, पुछारबजारमा रहनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60e7edd27293d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको