नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ भाद्र १ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ९१ दिनकाे अवधिकाे लागि २० करोड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक २ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (श्रावण ४ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर भोलि (श्रावण ५ गते, मंगलबार) बिक्री हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस