Like us!
Follow us!
Connect us!
Watch us!

एक वर्षमा ७ खर्ब १४ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा लगानी कति ?

अर्थ संसार

सोमबार, ०४ साउन २०७८, १६ : ५६ मा प्रकाशित

एक वर्षमा ७ खर्ब १४ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा लगानी कति ?

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको हाे ।

असार मसान्तसम्ममा २७ वाणिज्य बैंकहरुले ४२ खर्ब एक अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । साेही अवधिमा बैंकहरूले ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसले गर्दा सम्रग अर्थतन्त्र नै सिथिल बनेकाे अवस्थामा पनि बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी भने बढेकाे हाे । 

अघिल्लाे आर्थिक वर्षमाे असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । साेही अवधिमा बैंकहरूले २९ खर्ब ३ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।  

याे तथ्यांक हेर्दा एक वर्षमा बैंकहरूकाे निक्षेप संकलन ७ खर्ब १४ अर्ब रूपैयाँले र कर्जा लगानी ८ खर्ब १८ अर्बले बढेकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको