प्रोग्रेसिभ फाईनान्स लिमिटेडले एसबी सल्युसनसँग सहकार्य गरेर क्रेडिट एक्स (Credit_X) नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । प्रोग्रेसिभ फाईनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।
क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकाले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।
ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस