Like us!
Follow us!
Connect us!
Watch us!

सेयर मैत्री वातावरण बनाउन सके छिट्टै दैनिक १ खर्बको कारोबार हुने दिन आँउनेछः नानीबाबु खरेल

अर्थ संसार

विहीबार, १४ साउन २०७८, १३ : १० मा प्रकाशित

लामो समयदेखि नेपालको सेयर बजारमा लगानी गर्दै आइरहेका पुराना एवं अनुभवी लगानीकर्ता हुन् नानीबाबु खरेल । यदी सेयर बजार सम्बन्धी विभिन्न निकायहरुले राम्रो भुमिका र्निवाह गर्न सके निकट भविष्यमा नै नेपालको पुँजीबजारमा दैनिक १ खर्बसम्मको सेयर कारोबार हुन सक्ने बताउछन् खरेल । 

कुनै समय केहि कम्पनीमा गरेको लगानी डुब्दा पनि नआत्तिइ धैर्यताका साथ बजारमा टिकिरहँदा आफु सफल भएको बताउँछन् उनी ।

उज्यालो नेपालका अभियन्ताका रुपमा विगतमा राम्रो छवि बनाउन सफल हालका अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा नेपालको पुँजीबजारले नयाँ मुकाम हाँसिल गर्ने विश्वास व्यक्त गर्दै उनले विभिन्न नियमनकारी निकायहरुले लगानीकर्ताहरुको अविभावकत्व ग्रहण गर्नुपर्ने बताउछन् उनी । 

नियमनकारी निकायहरुले पुँजीबजारका बिषयमा बोल्दा वा कुनै ऐन कानुनहरु बनाउँदा हामीले बोल्ने र बनाउने ऐन नियमहरुले लाखौँ लगानीकर्ताहरुको सम्पतीसंग सरोकार राख्छ भन्ने कुरालाई ध्यानमा राखेर मात्र बोल्न वा कानुन बनाउन उनको अनुरोध छ । 

लगानीकर्ताहरुले घटेको समयमा सेयर किन्ने बानि बसाल्नु पर्ने भन्दै उनले लगानीकर्ताहरूमा हुनुपर्ने सबैभन्दा ठुलो गुण भनेको नै धैर्यता हुने उनको तर्क छ । धैर्य गरेर बजारमा टिक्न सकेमा जो कोहिले पनि सेयरबाट राम्रो मुनाफा हाँसिल गर्न सक्ने बताउछन् उनी । 

अल्पकालिन रुपमा कारोबार गर्न सेयरबजारमा प्रबेश गर्नेहरुका लागि बजार केहि जोखिम पुर्ण हुने भन्दै उनले दिर्घकालिन लगानीमा जोड दिन्छन् । आफ्नो लगानीको केहि प्रतिशत लगानी अल्पकालिन लगानीका रुपमा प्रयोग गर्न सकिएपनि सबै लगानी भने अल्पकालिन लगानी गर्न नहुने उनको सुझाव छ । 

उत्ताउलो कुनै पनि कुरा लामो समयसम्म टिक्न नसक्ने भन्दै उनले लगानीकर्ताहरु पनि उत्ताउलो बानी गर्न नहुने उनको सुझाव छ । सेयर बजारबाट जति कमाउन संभावना छ त्यतिनै गुमाउने संभावना हुने भन्दै यसमा लगानी गर्दा यकदमै संयमित भएर लगानी गर्नुपर्ने बताउछन् उनि ।

कुनै कम्पनी लामो समय सम्म बढेन भनेर लगानीकर्ताहरु आत्तिन नहुने उनको तर्क छ “हलाको छोरा भला, भलाको छोरा हला” भन्ने उखान जस्तै नेप्सेमा सुचिकृत हरेक कम्पनीको एक दिन पालो आउने उनको भनाई छ ।

लामो समय देखि बढ्न नसकेका हाइड्रोपावर कम्पनी, फाइनान्स कम्पनीहरुको अहिले निरन्तर मूल्य बृद्धि भइरहेको उदाहण दिँदै उनले लगानी गर्दा लगानीकर्ताहरु कहिल्यै पनि आत्तिन र मात्तिन नहुने बताउछन् ।

नेपालमा अहिले एक मात्र स्टक एक्सेन्ज कम्पनी भएकाले राम्रो सेवा प्रवाह गर्न नसकिरहेको भन्दै उनले अब अर्को स्टक एक्सचेन्ज कम्पनीको स्थापना गरी नेप्सेलाई पनि प्रतिष्प्रधी बनाउनुपर्ने उनको तर्क छ । 

बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स नदिँदासम्म नेपालको पुँजीबजार गाँउ गाँउसम्म नपुग्ने भन्दै उनले सेयर बजारको विकासका लागि अहिलो पहिलो आवश्यकता नै ब्रोकर संख्या थप्नु रहेको उनको तर्क छ । 

गाँउ गाँउमा छरिएर रहेको पुँजीलाई एकिकृत गरी राष्ट्र र्निमाणमा लगाउने एकमात्र माध्याम सेयर बजार भएको भन्दै उनले सेयर बजार देशको ऐना भएकोले यसलाई सबै निकायले संरक्षण गर्नुपर्नेमा उनको  जोड छ । 

लगानीकर्ताहरुले सेयरमा लगानीगर्दा सबैभन्दा पहिले आफ्नो क्षमता हेरेर लगानीको योजना बनाउनुपर्ने उनको सुझाव छ । आँफुसंग भएको पैसा सबै एकैपटक सेयरमा लगानी गर्न नहुने भन्दै उनले भोलि बजार घट्दा पनि सेयर उठाउन सकेमा त्यसले आफ्नो नोक्सानीलाई कम गर्ने भएकाले एकै पटक भएको सबै पुँजी सेयर किन्नमा लगाउन नहुँने बताउँछन् उनी । 

अहिलेको बजेटले गरेको पुँजीगत लाभकरको व्यवस्था सहि नभएको उनको तर्क छ । अहिले कायम गरिएको पुँजीगत लाभकरको दायरालाई परिवर्तन गर्नु जरुरी रहेका भन्दै उनले अहिलेको अवस्थामा दिर्घकालिन लगानीकर्ताहरुलाई बढिमा २.५० प्रतिशत र अल्पकालिन लगानीकर्ताहरुका लागि बढिमा ५ प्रतिशत पुँजीगत लाभकर लागु गर्ने पर्ने उनको माग छ । 

सरकारको निति कर बढाउने भन्दा पनि सेयर कारोबार रकम बृद्धि गर्ने वातावरण तय गरेर कर बढि उठाउने निति लिनुपर्ने उनको तर्क छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको