Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडिसी लघुवित्तको खुद मुनाफासहित अधिकांश सूचकमा गिरावट, इपिएस कति ?

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, ०६ : १८ मा प्रकाशित

आरएमडिसी लघुवित्तको खुद मुनाफासहित अधिकांश सूचकमा गिरावट, इपिएस कति ?

आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  गत आर्थिक वर्षको अन्तिसम्म आइपुग्दा संस्थाले २३ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २८ करोड ६० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

गत आर्थिक वर्षको अन्तिमसम्ममा संस्थाको सञ्चालन मुनाफा पनि २९.३९ प्रतिशतले घटेर ३१ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४५ करोड २१ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १२.२४ प्रतिशतले घटेर ४० करोड ३९ लाख रपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७४ करोड ८१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा संस्थाको जगेडा कोषको आकार १४.९६ प्रतिशतले बृद्धि भएको हो ।  

खुद मुनाफामा आएको गिरावटसंगै संस्थाको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा घटेको देखिन्छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ३ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ६०.०६ गुणा रहेको छ ।

समिक्षा अवधिमा संस्थाको ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको गिरावट र खराव कर्जामा आएको बृद्धिले पनि खुद मुनाफामा गिरावट आएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको