Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंककाे संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

अर्थ संसार

मंगलबार, १९ साउन २०७८, ०७ : १८ मा प्रकाशित

मुक्तिनाथ विकास बैंककाे संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

मुक्तिनाथ विकास बैंक लिमिटेडले आज (साउन १९ गते, मंगलबार) देखि संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । बैंकले एक लाख ५ हजार ४१ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आज (साउन १९ गते, मंगलबार) देखि भदाै २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61089d73d7d05.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको