Like us!
Follow us!
Connect us!
Watch us!

सहुलियतपुर्ण कर्जा भनेको के हो ? कस्ता व्यवसाय गर्दा यस्ताे कर्जा पाइन्छ ?

अर्थ संसार

बुधबार, २० साउन २०७८, १२ : ५१ मा प्रकाशित

सहुलियतपुर्ण कर्जा भनेको के हो ? कस्ता व्यवसाय गर्दा यस्ताे कर्जा पाइन्छ ?

कुनैपनी व्यक्तिलाई विभिन्न प्रयाेजनका लागि कर्जा चाहिरहेकाे हुन्छ । कर्जा प्राप्त गर्न विभिन्न प्रकृया अपनाइन्छ । कर्जा पनि विभिन्न प्रकारका हुन्छन् । तीनैमध्येकाे एक हाे, सहुलियतपुर्ण कर्जा ।

सहुलियतपुर्ण कर्जा भनेको के हो ?

कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्घि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिलामा उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सिप र पेशालाई आधुनिकीकरण एवम् प्रवर्द्धन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि तथा भुकम्प पीडितहरुको निजी आवास निर्माणका लागि बैंङ्क तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा नेपाल सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी प्रवाह हुने कर्जानै सहुलियतपुर्ण कर्जा हो ।

सहुलियतपुर्ण कर्जा प्राप्त गर्न कहाँ निवेदन दिनुपर्छ ?

सहुलियतपुर्ण कर्जा प्राप्त गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त वित्तीय संस्थामा निवेदन दिनुपर्छ ।

सहुलियतपुर्ण कर्जा सबै किसिमका व्यवसाय गर्नको लागि पाइन्छ ?

“सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार प्रवाह हुने १० प्रकारका कर्जाको लागी कार्यविधिको अनुसूची १ मा तोकिएका व्यवसाय गर्न सहुलियतपुर्ण कर्जा पाइन्छ ।

सहुलियतपुर्ण कर्जामा कुन कर्जाको बीमा गर्नुपर्छ ?

रु. दश लाखभन्दा बढीको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा र कपडा उद्योग सञ्चालनका लागि दिइने कर्जामा बाहेक अन्य सहुलियतपुर्ण कर्जामा अनिवार्य रुपमा कर्जाको बीमा गर्नुपर्छ । 

(श्राेत : नेपाल राष्ट्र बैंक)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको