Like us!
Follow us!
Connect us!
Watch us!

अधिक तरलता थुप्रिएपछि बैंकहरुबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

अर्थ संसार

विहीबार, २१ साउन २०७८, १४ : १० मा प्रकाशित

अधिक तरलता थुप्रिएपछि बैंकहरुबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट ४० अर्ब रूपैयाँ बराबरकाे निक्षेप संकलन गर्ने भएकाे छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलनकाे उपकरण मार्फत ४० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

बैंकले ७ दिनकाे अवधिकाे लागि निक्षेप संकलन उपकरण निष्कासन गर्न लागेकाे एक सूचना मार्फत् जानकारी दिएकाे छ ।

निक्षेप संकलन खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।  यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

त्यसैगरी, यसकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ ।

यसकाे बाेलकबाेल आज ३ बजेसम्म हुनेछ । त्यस्तै, साउन २८ गते यसकाे सावाँ तथा व्याज भुक्तानी गरिन्छ ।

निक्षेप संकलनकाे बारेमा अन्य जानकारी तलकाे सूचना मार्फत् हेर्न सक्नुहुनेछ :

610ba5760c49e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको