Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सको नाफामा उछाल, वितरणयोग्य मुनाफा ३०६ प्रतिशतले बढ्यो

अर्थ संसार

सोमबार, २५ साउन २०७८, ०५ : २८ मा प्रकाशित

मञ्जुश्री फाइनान्सको नाफामा उछाल, वितरणयोग्य मुनाफा ३०६ प्रतिशतले बढ्यो

मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फाइनान्सको खुद नाफामा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले ५६ करोड ५१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११३.६९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २६ करोड ३२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा फाइनान्सको वितरणयोग्य मुनाफा ३०६.४७ प्रतिशतले बढेर ४८ करोड ५६ लाख २७ हजार रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक बर्ष ११ करोड ९४ लाख ७५ हजार रुपैयाँमा सिमित थियो ।  

चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले २८ करोड ११ लाख ०७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २८.६१ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ३९ करोड ३७ लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

हालसम्म फाइनान्सको सञ्चालन नाफा ११३.६९ प्रतिशतले बढेर ८० करोड ९३ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सको सञ्चालन नाफा ३७ करोड ८७ लाख ७६ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, फाइनान्सको चुक्ता पूँजी ९६ करोड ५३ लाख ९५ हजार रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ७६ करोड ७८ लाख २० हजार रुपैयाँ सञ्चित छ । फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई १८ प्रतिशत बोनश सेयर वितरण गरेको थियो । 

समिक्षा अवधिसम्ममा फाइनान्सको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ छ । फाइनान्सको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ १८ पैसाबाट बढेर ५८ रुपैयाँ ८५ पैसा पुगेको छ  ।फाइनान्सको पीई रेसियो २१.७५ गुणा रहेको छ ।

गत आर्थिक बर्षको विवरण अनुसार फाइनान्सको खुद ब्याद आम्दानी घटेपनि अन्य आम्दानी बढ्दा र खराव कर्जापनि घटेका कारण खुद मुनाफामा बृद्धि भएको देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको