Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको नाफा करिब ११ प्रतिशतले बढ्यो, वितरण योग्य मुनाफा कति ?

अर्थ संसार

बुधबार, २७ साउन २०७८, ०५ : ४५ मा प्रकाशित

कृषि विकास बैंकको नाफा करिब ११ प्रतिशतले बढ्यो, वितरण योग्य मुनाफा कति ?

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०.८९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ३३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकले १ खर्ब ६२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ५२ अर्ब ८६ रुपैयाँ ऋण लगानी गरेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ६ अर्ब २६ करोड ४१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ६.७३ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

हालसम्म बैंकको सञ्चालन नाफा ७४।६८ प्रतिशतले बढेर ५ अर्ब २२ करोड ६७ लाख ३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ४ अर्ब ३१ करोड ४६ लाख २ हजार रूपैयाँमा सिमित थिया । यो अघिल्लो आर्थिक बर्षको तुलनामा २१.०३ प्रतिशतले बढि हो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी १० अर्ब ९८ करोड ९९ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा १५ अर्ब २२ करोड ६१ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको तुलनमा यो बर्ष बैंकको जगेडाकोषको आकार १२.९३ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६५ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ८० पैसाले घटेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा पुगेको छ बैंकको पीई रेसियो १५.६३ गुणा रहेको छ ।

यो समिक्षा अवधिमा बैंकको व्याज आम्दानी घटेपनि संचालन मुनाफामा आएको बृद्धि र खराब कर्जा घटेको कारणले पनि खुद आम्दानीमा बृद्धि भएको देखिन्छ । खुद आम्दानीमा करिब ११ प्रतिशतले बृद्धि हुँदा पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको देखिन्छ । बैंकले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिसत बोनस सेयर वितरण गरेकाले सेयर संख्या बढ्दा प्रतिसेयर आम्दानीमा गिरावट आएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको