Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्शियल बैंकको अधिकांश सूचकमा चमक, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शनिबार, ३० साउन २०७८, ०८ : १९ मा प्रकाशित

प्राइम कमर्शियल बैंकको अधिकांश सूचकमा चमक, प्रतिसेयर आम्दानी कति ?

प्राइम कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको नाफा ४० प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।

सो अवधिसम्म बैंकको खुद नाफा ४४.५६ प्रतिशतले बढेर ३ अर्ब २५ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २ अर्ब २५ करोड १४ लाख रुपैयाँमा सिमित थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । सो अवधिसम्म बैंकको संचालन मुनाफा ४ अर्ब ६९ करोड ९२ लाख पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो मुनाफा ३ अर्ब २६ करोड ८५ लाख रुपैयाँ थियो । बैंकको सञ्चालन मुनाफा ४३.७७ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २८.२६ प्रतिशत बढेले बढेर ५ अर्ब ९५ करोड २१ लाख रुपैयाँमा पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा यस्तो आम्दानी २८.२६ प्रतिशतले बढेको हो ।  

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ।

हाल १६ अर्ब ८ करोड ३० लाख चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ८४ करोड १६ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १४ पैसा बढेर २० रुपैयाँ २४ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७६ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको