पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फाइनान्सको खुद नाफामा बृद्धि भएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले १२ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७४.०५ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ७ करोड ३० लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा फाइनान्सको वितरणयोग्य मुनाफा ९ करोड ३२ लाख ७१ हजार रुपैयाँ पुगेको छ जुन गतबर्षको यसै अवधिमा २ करोड ३ लाख २६ हजारमा सिमित थियो । यो अवधिमा फाइनान्सले ८ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी ५ अर्ब ८५ करोड ५२ लाख भन्दा बढि कर्जा लगानी गरेको छ ।
चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्सले ३१ करोड ९९ लाख १० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४.३५ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ३० करोड ६५ लाख ६४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
हालसम्म फाइनान्सको सञ्चालन नाफा ७३.०३ प्रतिशतले बढेर १८ करोड १५ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सको यस्तो मुनाफा १० करोड ४९ लाख २० हजार रूपैयाँ रहेको थियो ।
त्यस्तै, फाइनान्सको चुक्ता पूँजी ९६ करोड ३१ लाख ४५ हजार रुपैयाँ पुगेको छ । फाइनान्सको जगेडा कोषमा ३९ करोड ८८ लाख ७० हजार रुपैयाँ सञ्चित छ । फाइनान्सको रिजर्भको आकार गतबर्षको तुलनामा २६.०१ प्रतिशतले बृद्धि भएको हो ।
समिक्षा अवधिसम्ममा फाइनान्सको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४१ पैसा रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसाबाट बढेर १३ रुपैयाँ १९ पैसा पुगेको छ । फाइनान्सको पीई रेसियो ५०.७९ गुणा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस