Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, ११ : ४४ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

बैंककाे विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको २०७७/७८ सम्ममा ५ वर्ष अवधि नाघेकाे नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले बैंकको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड, लागिम्पाट, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमाेजिम स्थापना भएकाे "लगानीकर्ता संरक्षण कोष" मा जम्मा हुनेछ ।

त्यसैगरी, बैंकले विगत १० वर्ष वा सो भन्दा बढी समयदेखि चल्तीमा नरहेका खाताहरुलाई सुचारु गर्न सम्बन्धीत निक्षेपकर्ताले आवश्यक प्रमाणसहित बैंकको सम्बन्धित शाखामा सम्पर्क गर्न पनि अनुराेध गरेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6119ff97cc80a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको