Like us!
Follow us!
Connect us!
Watch us!

७ अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, १३ : ४६ मा प्रकाशित

७ अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

नेपाल राष्ट्र बैंकले ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल भदाै २९ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ९१ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिक्री गर्न लागेकाे हाे । याे ट्रेजरी कार्तिक ३० गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (साउन ३२ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर भाेलि (भदाै १ गते, मंगलबार) बिक्री हुनेछ ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

611a1c2800ae8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको