Like us!
Follow us!
Connect us!
Watch us!

बुम-बुमकाे पछाडि लाग्ने लगानीकर्ता एकदिन फस्छन् फस्छन्: ज्ञानेन्द्रलाल प्रधान

अर्थ संसार

शुक्रबार, ०४ भदौ २०७८, १३ : २० मा प्रकाशित

नेपालको पुँजीबजारका पुराना तथा ठुला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानले सामाजिक सञ्जालमा फलानो कम्पनी बुम बुम भन्दै हल्ला गर्नेहरुको पछाडि लाग्नेहरु एक न एक दिन नराम्रोसंग फस्ने ठुकुवा गरे ।

अर्थसंसार डटकमको कार्यक्रम अर्थसंसार विशेषमा कुरा गर्दै प्रधानले सामाजिक सञ्जालमा विभिन्न हल्ला गर्दे हिड्नेको पछाडि लागेर लगानी गर्नेहरुले क्षणिक रुपमा केहि आम्दानी गरेपनि उनिहरु दिर्घकालिनरुपमा भने अवस्य फस्छन् सेयर बजारमा लगानी हल्लाको पछि लागेर होईन कम्पनीको बारेमा अध्ययन गरेर गर्नुपर्छ उनले भने । 

अन्य क्षेत्रको तुलनमा जलबिद्युत क्षेत्रमा बढि पारदर्शिता हुने भन्दै उनले दुई चारवटा कम्पनीहरुले बदमासी गरेभन्दैमा सबै कम्पनीहरुलाई एकै किसिमले हेरिनु न्यासंगत नहुने उनको तर्क छ । कुनै पनि जलविद्युत कम्पनीले बैंकको कर्जा तिरिसकेपछि आफ्ना लगानीकर्ताहरुलाई राम्रो मुनाफा दिन सक्छ तर अहिलेको अवस्था मात्र हेरेर कम्पनीको ईपीएस र सेयर मूल्य हेर्दा भने केही अस्वभाविक देखिने उनको तर्क छ । 

“तर अहिले बजारमा हल्ला गरिजस्तो के जलविद्युत कम्पनीहरुको सेयर मात्र कर्नरिङ भएको छ त, कोभिडका कारण बन्द होटल, केबुलकारहरुको सेयर मूल्यमा निरन्तर सकारात्मक सर्किट लाग्नु के सामान्य हो त अहिले यो उ क्षेत्रभन्दा पनि अहिले कम चुक्ता पुँजी भएका हरेक कम्पनीको सेयरमा चलखेल भएको छ त्यसकारण जलबिद्युत क्षेत्रमा मात्र चलखेल भयो भनेर दोष दिनु न्यासंगत हुदैन” उनले भने । 

न्यून चुक्ता पुँजी भएका कम्पनीहरुको सेयर मूल्यमा अहिले डिमान्ड एण्ड सप्लाईकै सामान्य नियमअनुसार नै उछाल आईरहेको भन्दै उनले भने “अहिलेको बजारमा ट्रेडरहरुले त केहि फाइदा निकाल्लान, ११ सयमा किन्लान् १३ सयमा बेच्लाने १३ सयमा किन्लान् १५ सयमा बेच्लान् तर दिर्घकालिन रुपमा भने यो कहि गएर अवश्य ठोकिन्छ, फुट्छ र समस्या ल्याउनसक्छ ।”

गत बुधबार जलविद्युत कम्पनीहरुको नियामक निकाय विद्युत नियमन आयोगले जारी गरीको बिज्ञप्ती र बिज्ञप्तीमा उल्लेख गरिएका कुराहरुमा सहमत हुन सकिएपनि त्यो बिज्ञप्ती नियमन आयोगबाट आउनुलाई भने सही मान्न नसकिने उनको तर्क छ । “त्यस्तो विज्ञप्ती आवश्यक थियो लगानीकर्ताहरुलाई कम्पनीको के के कुरा हेरेर लगानी गर्ने भन्ने जानकारी दिनु आवश्यक थियो तर नियमनकारी निकायले नभई नेपाल धितोपत्र बोर्डले निकाल्नु पर्थ्यो उनले भने । ”

नेपालको निजी क्षेत्रका विद्युत कम्पनीहरुले र सारा नेपालीहरुले विद्युत प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङबाट धेरै अपेरक्षा गरेको भन्दै उनले उनलाई अवसर सँगसँगै धेरै चुनौतीहरु समेत रहेको बताए । उनले देशमा उतपादित बिजुलीलाई विदेशमा बेच्ने कुरामा भन्दा पनि देशमै खपत बढ्ने नितीलाई बढावा दिनुपर्ने बताए । 

“अन्य क्षेत्रजस्तो जलबिद्युत क्षेत्र नभएकाले कम्पनीले एउटा मात्र आयोजना सञ्चान गरेर बस्ने अवस्था हुदैन आयोजना बनेको ३० बर्षमा आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएकोले नयाँ नयाँ आयोजना बनाउन तर्फ लाग्नुपर्ने भएकाले जलविद्युत कम्पनीहरुलाई हकप्रद निष्कासनको अनुमति रोक्नु भने हुँदैन तर हकप्रदको नाममा कसैले चलखेल गरेकाछन् भने त्यस्ता व्यक्ति वा कम्पनीहरुलाई कडा भन्दा कडा कारबाही गरिनुर्छ” उनले भने । 

कडा कारबाहीको नीतिकै कारण नेपालमा मापासे गरेर गाडी चलाउने कामलाई नियन्त्रण गरेको उदाहरण दिँदै उनले सेयर बजारमा चलखेल गर्नेहरुलाई पनि कडा भन्दा कडा कारबाही गर्ने निति नियामक निकायहरुले अबलम्बन गर्नसके अरुलाई पनि त्यस्तो गल्ती गर्न निरुत्साहित गर्ने उनको तर्क छ । 

अहिले नेपालको सेयर बजारमा धेरै कम्पनीहरुको सेयर मूल्यमा बलुनिङ भएको भन्दै उनले यसलाई नियन्त्रण गर्ने पोलिसी नियामक निकायहरुसंग नभएको बताए । बजारमा सेयर मूल्यको र्निधारण माग र आपुर्तिले नै गर्ने भएकाले पनि माग बढ्दा नै मूल्य बढ्ने भएकाले यसलाई नियन्त्र गर्न नसकिने बताउछन् उनी । 

“विगतमा नेपालका बैंक तथा वित्तिय संस्थाहरुमा धेरै नै विकृति थियो तर नियामक निकाय राष्ट्र बैंकले त्यसलाई नियन्त्रण नियमन गर्दै लैजाँदा अहिले त्यहाँ अनुशासन बढेको छ त्यसैगरी अब जलविद्युत क्षेत्रको नियमक निकायले पनि जलविद्युत क्षेत्रमा विकृति फैलाउने कम्पनीहरुलाई कडा भन्दा कडा कारबाहि गर्नुपर्छ जसले गर्दा आगामी दिनमा यस्ता विकृति गर्नेहरुलाई निरुत्साहित गर्छ” उनले भने ।  

“जलबिद्युत कम्पनीमा लगानी गर्दा सबैभन्दा बढि के कुरामा ध्यान दिने भन्ने हाम्रो प्रश्नमा प्रधानले भने जुन समूहले कम्पनी निर्माण गर्दैछ त्यो समूहले त्यो आयोजनमा कति लगानी गरेको छ भन्ने कुरा हेर्नुपर्छ यदि त्यो आयोजना बनाउन लागेको समूहले कम्तीमा २५ प्रतिशत लगानी गरेको छ भने त्यस्ता आयोजनाहरुमा सर्वसाधारणले ढुक्कसँग लगानी गर्दा हुन्छ अन्यथा कम लगानी गर्ने समूहहरुको आयोजनामा भने एकदमै सोचेर बुझेर मात्र लगानी गर्नु पर्छ ।”

 

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको