Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओलाई अन्य धितोपत्र भन्दा बढी जोखिमपूर्ण किन मानिन्छ ?

नेप्से

आइतबार, ०६ भदौ २०७८, १३ : ५७ मा प्रकाशित

आईपीओलाई अन्य धितोपत्र भन्दा बढी जोखिमपूर्ण किन मानिन्छ ?

साधारण सेयर (आईपीओ) मा लगानी गर्ने लगानीकर्तालाई सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ । साथै कम्पनी नाफामा गएमा नगद लाभांश तथा बोनस सेयर प्राप्त हुने तथा धितोपत्रको बजार मूल्य बढ्दै गएमा पुँजीगत लाभ (बिक्री मूल्य र खरिद मूल्यको अन्तर) समेत प्राप्त हुन सक्दछ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गरेमा सो खरिद गर्ने पहिलो हक समेत साधारण सेयरधनीलाई प्राप्त हुन्छ । तर कम्पनी नोक्सानमा गएमा साधारण सेयरधनीहरुले लाभ प्राप्त गर्न नसक्नुका साथै आफ्नै लगानी रकम समेत डुब्ने सम्भावना हुन्छ ।

यसरी साधारण सेयर (आईपीओ) मा जति बढी लाभको सम्भावना रहन्छ त्यति नै बढी जोखिमको सम्भावना समेत रहनाले यसलाई अन्य धितोपत्र भन्दा बढी जोखिमपूर्ण मानिन्छ ।

सबै खाले धितोपत्रमा गरिने लगानी जोखिममुक्त हुँदैन । साधारण सेयरमा गरिने लगानीलाई अन्य धितोपत्रमा गरिने लगानीभन्दा बढी जोखिमपूर्ण मानिन्छ । किनभने यसमा लाभांशको ग्यारेन्टी गरिएको हुँदैन । त्यसैगरी सेयरको बजार मूल्य सधैं बढीरहन्छ भन्ने पनि निश्चित हुँदैन ।

निजी क्षेत्रका पब्लिक कम्पनीले जारी गर्ने ऋणपत्र (डिबेन्चर) को हकमा तोकिएको समय र दरमा ब्याज तथा साँवा भुक्तानी गर्ने शर्त रहने हुँदा यसलाई सेयर भन्दा कम जोखिमपूर्ण मानिन्छ । बजार मूल्यमा उतारचढावको जोखिम भने यसमा पनि रहेकै हुन्छ ।

त्यस्तै सरकारी धितोपत्रमा तोकिएको समय र तोकिएको दरमा ब्याज प्रदान गरिने र तोकिएको अवधिमा सावाँ भुक्तानी समेत निश्चित हुने हुँदा यस्ता धितोपत्रलाई जोखिममुक्त मानिन्छ ।

(श्राेत : नेपाल स्टक एक्सचेञ्ज)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको