Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

शुक्रबार, ११ भदौ २०७८, ०६ : ३४ मा प्रकाशित

मुक्तिनाथ क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

मुक्तिनाथ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे भदाै ९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे बाह्राैँ वार्षिक साधारण सभा असाेज १ गते, शुक्रबार हाेटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७८ असार मसान्तसम्मकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यस्तै, सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम चुक्ता पुँजीकाे १८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61283806a4854.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको