नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने 'नबिल ब्यालेन्स फण्ड ३' भदाै २५ गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुल्ला हुने भएको छ।
कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ ।
कति दिने आवेदन ?
यस बन्दमुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम एक कराेड इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
भदाै २५ गते, शुक्रबारबाट निष्कासन गरिने याे फण्डमा लगानीकर्ताले छिटाेमा भदौ २९ गते र ढिलोमा असाेज ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्वा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस