Like us!
Follow us!
Connect us!
Watch us!

अरुले कमाएको देखेर सेयरमा लगानी गर्नेहरु डुब्छन्, अध्ययन गरेर लगानी गरे कमाउने पक्का !

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १२ : ०२ मा प्रकाशित

युवा अवस्थामै सन् २०१६ तिर नेपालको पुँजी बजारमा टन्नै कमाइन्छ है भन्नेहरुको पछाडि लागेर सेयर बजारमा प्रवेश गरेका थिए समिरजंग खड्का । जब अघिल्लो बुल सकिनै लाग्दा नेप्से परिसूचक करिव १६०० अंकको आसपासमा थियो त्यही समयमा सेयरबाट मनग्य कमाउने अभिलाशाले सेयर बजार प्रवेश गरेका उनको अपेक्षा र वास्तविकतामा भने धेरै नै भिन्नता भयो ।

उनले सेयरमा गरेको लगानीको सुरुवातमै नराम्रोसँग नोक्सानी व्यहोर्न पर्यो कुनै समय त उनले सेयरमा गरेको लगानी आधासम्म घटेको बताउँछन् उनी । “निरन्तर सेयरमूल्य घट्दा यतिसम्म निराश भइयो कि एनएमबी र शिभम् सिमेन्ट जस्ता कम्पनीहरुको सेयरसम्म भरिएन तर एउटा राम्रो काम चाँही मैले के गरेँ भने सेयरमूल्य घट्यो भनेर आत्तिएर किनेको सेयर भने कम मूल्यमा बेचिँन जसको फल स्वरुप २०२१ मा आईपुग्दा त्यही लगानीले मनग्य कमाएँ, त्यसैले मलाई लाग्छ धैर्यता नै लगानीकर्ताको सबैभन्दा ठुलो शक्ति हो” उनले भने । 

लगानीकर्ताहरुले राम्रो बोनस दिने कम्पनीहरु हेरेर दिर्घकालिन लगानी गर्न सकेमा बजार घट्नु वा बढ्नुुँग सरोकार नहुने भन्दै उनले ट्रेडिङ गर्न भने धेरै ज्ञान र समय चाहिने बताएका छन् । समय नभएका र ट्रेडिङका विभिन्न कुराहरुको बारेमा राम्रो ज्ञान नभएका लगानीकर्ताहरुले ट्रेडिङ गर्न खोज्नु आफैमा एकदमै जोखिमपुर्ण हुने उनको तर्क छ । 

अहिले बजार एकदमै जोखिपुर्ण अवस्थामा रहेको भन्दै उनले नयाँ र सेयर सक्बन्धी ज्ञान नभएका लगानीकर्ताहरुका लागि दोस्रो बजार प्रवेशको सही समय नभएको तर्क गर्छन् उनी । खड्का भन्छन् “यदि तपाईहरुसँग सेयर बजार सम्बन्धी ज्ञान छैन भने दोस्रो बजारमा प्रवेश गर्नु पहिले राम्रोसँग अध्ययन गर्ने बानी बसाल्नुहोस्, आईपीओमा आवेदन गर्नुहोस् बरु नयाँ लगानीकर्ताहरुका लागि म्युचुअल फण्ड सुरक्षित हुन सक्छ अरुले कमाएको देखेर अल्पज्ञानमै सेयर बजारमा प्रवेश गर्दा नराम्रोसँग फस्न सकिन्छ ।”

सकेसम्म कर्जा लिएर सेयरमा लगानी नगर्न उनको सुझाव छ । “बजार सधै बढ्ने र घट्ने हुँदैन यदि हामीले कर्जा लिएर सेयरमा लगानी गरेका छौँ भने हामीलाई बजार घटेको समयमा पनि सेयर बेचेर कर्जा तिर्नुपर्ने अवस्था आउनसक्छ जसले गर्दा नोक्सानी समेत व्यहार्नुपर्ने हुन सक्छ यही हामिले आफुसँग भएको केहि पुँजीलाई मात्र सेयरमा लगानी गर्यो भने बजार घट्दा पनि बेच्नुपर्ने दबाव हामीलाई हुँदैन र बजार बढेको समयमा आनन्दले बेच्न सकिन्छ” उनले भने । 

सेयर बजारलाई आम लगानीकर्ताहरुले बचतको आधार बनाउन सकेमा पनि दिर्घकालिन रुपमा लाभदायक हुनसक्ने उनको तर्क छ । सेयरमा लगानीगर्दा सधै क्यापिटल गेनमा भन्दा पनि बोनशलाई प्राथमिकता दिन लगानीकर्ताहरुको जित हुने बताउँछन् उनी । क्यापिटल गेनलाई महत्व दिनेले कहिलेकाँही मात्र कमाउन सक्छन् भने बोनसलाई महत्व दिने लगानीकर्ताहरुले हरेक वर्ष कमाउने उनको तर्क छ । 

“जबसम्म नेप्से परिसूचक २५०० को विन्दुसम्मा पुगेको थियो त्यहाँसम्म यसको वृद्धिदर स्वभाविक नै थियो तर जब बजार २६०० को बिन्दुबाट उकालो लाग्यो त्यसपछि भने बजारको वृद्धिदरलाई प्राकृतिक मान्न सकिने अवस्था देखिएन कम चुक्ता पुँजी भएका कम्पनीहरुको सेयरमूल्य कर्नरिङ गरेर अस्वभाविक रुपमा बढाइएको छ, अझै आगामी ५ वर्षसम्म पनि कुनै लाभांश दिन सक्ने क्षमता नभएका कम्पनीहरुको सेयरमूल्य उचालिएको छ त्यसैले अहिलेको अवस्था भनेको लगानीकर्ताहरु एकदमै संयमित भएर लगानी गर्ने बेला हो” खड्काले भने ।    

सेयर बजारलाई अनउत्पादनमुलक क्षेत्र भन्ने कुरासँग असहमती जनाउँदै अझै नेपालको पुँजीबजारको विकासका लागि रियल सेक्टरका कम्पनीहरुलाई पनि पुँजीबजारमा भित्राउनुपर्ने तर्क गर्छन् उनी । यदि नेपालमा रियल सेक्टरका कम्पनीहरुलाई भित्राउन नसक्ने हो भने नेपालको पुँजी बजार १० हजारको बिन्दुमा पुग्न पनि मुस्किल पर्न सक्ने बताउँछन् उनी । 

अहिले नेपालको सेयर बजारमा झन्डिमार कम्पनी र क्रिम कम्पनीको परिभाषा फेरिएको तर्क गर्छन् उनी । बढी चुक्ता पुँजी भएका जति राम्रा कम्पनीहरु पनि झण्डीमार कम्पनी र कम चुक्ता पुँजी भएका जतिसुकै नराम्रो कम्पनीहरु पनि क्रिम कम्पनीका रुपमा परिभाषित गरिने बताउँछन् उनी ।  

भर्खरै मौद्रिक नीति मार्फत सेयर कर्जामा लगाएको सिमालाई सही मान्दैनन् उनी । नियामक निकायहरुले सेयर बजारलाई अनुगमन गर्नुको सट्टा नियन्त्रण गर्ने गरेको बताउँछन् उनी । कतिपयले भारतको उदाहरण दिँदै नेपालको यो सिमा यहि भएको भन्नु सही तर्क नहुने उनको तर्क छ भारतको सेयर बजारको विकास र नेपाल सेयर बजारको विकासको तुलना नहुने भन्दै उनले नियामक निकायहरु बजालाई नियन्त्रण गर्नभन्दा पनि विकास गर्नतर्फ लाग्नुपर्ने बताउँछन् उनी ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको