Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फन रिसोर्टमा जिपलाइन र स्काइ साइक्लिङ बन्दै

अर्थ संसार

आइतबार, ०३ असोज २०७८, १२ : ५० मा प्रकाशित

रिभर फन रिसोर्टमा जिपलाइन र स्काइ साइक्लिङ बन्दै

रिभर फन बिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्टसम्म पुग्ने गरि निर्माण गरिरहेको जिपलाइनको सत्तरी प्रतिशत काम सम्पन्न भएको छ ।

'५ सय मिटर लामो बन्ने  जिपलाइनको ४ सय मिटर भाग त्रिशुली नदि माथी पर्ने कारण झनै सहासिक र रोमान्चक हुनेछ।' रिभर फन बिच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारी थप्छन्, अधिकांश भाग नदि माथी पर्ने यो जिपलाइन विश्वकै नमुना हुनेछ ।'

१८ मिटर अग्लो पाँच तले टवरको चौथो तलाबाट जिपलाइन सुरु हुने जिपलाइन युरोपियन स्ट्यान्डर्ड सहित भारती कम्पनीको प्राविधिक सहयोगमा निर्माण भैरहेको अधिकारी बताउँछन् ।

जिएल एयरक्राफ्ट रोप प्रयोग गरिने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिएका छन् ।

८५ मिटर स्काइ रोप साइक्लिङ समेत त्रिशुली नदि माथी निर्माण भैरहेको परियोजना डिजाइनर मुकेश अधिकरी सिभिल इन्जिनियरले जानकारी दिए ।

मिनी जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ । जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा 'रिभर फन क्याफे' सन्चालन गर्ने तयारी रहेको छ ।

कफी बार, कक्टेल, मक्टेल, क्रन्ची लगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटमसहित क्याफे सञ्चालन गरिने बताइएको छ ।

आगामी अङ्ग्रेजी नयाँ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जिपलाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ६ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको