Like us!
Follow us!
Connect us!
Watch us!

देउवा सरकारको मन्त्रिपरिषद् : २४% महिला, २८% जनजाति, २०% मधेसी, ४% दलित

अर्थ संसार

शुक्रबार, २२ असोज २०७८, १६ : ५४ मा प्रकाशित

देउवा सरकारको मन्त्रिपरिषद् : २४% महिला, २८% जनजाति, २०% मधेसी, ४% दलित

प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थप भएपछि देउवा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । यसअघि ६ सदस्यीय मन्त्रिपरिषद् थियो ।

देउवाले सरकारमा ६ महिलाले मन्त्री बन्ने अवसर पाएका छन् । जसमा पाँच मन्त्री र एक राज्यमन्त्री छन् । माओवादी केन्द्रले पम्फा भुसाल र शशी श्रेष्ठलाई मन्त्री तथा बोधमायाकुमारी यादवलाई राज्यमन्त्री बनाएको छ । 

कांग्रेसबाट उमा रेग्मी, जसपाबाट रेणुकुमारी यादव र एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री मन्त्री भएका छन् । देउवा सरकारमा २४ प्रतिशत महिलाको सहभागिता रहेको छ । 

यस्तै, सरकारमा जनजाति समुदायबाट मन्त्री बन्नेको संख्या २८ प्रतिशत छ । आदिवासी जनजातिबाट शशी श्रेष्ठ, उमेश श्रेष्ठ, रामकुमारी झाँक्री, प्रेम बहादुर आले, कृष्णकुमार श्रेष्ठ र भवानीप्रसाद खापुङ मन्त्री बनेका छन् ।

यस्तै, मधेसी समुदायबाट उमाकान्त चौधरी, महिन्द्र राय यादव, रेणुकुमारी यादव, बोधमायाकुमारी यादव मन्त्री बनेका छन् । दलितबाट एकजना मात्र मन्त्री बनेका छन् । महेश्‍वरजंग गहतराज माओवादी केन्द्रबाट युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको